तनहुँ ।
तनहुँ १ को उपनिर्वाचन जितेमा कांग्रेस नेता गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताले प्रतिवद्धता जनाएका छन् । डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकमतले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएका हुन् ।
प्रधानमन्त्री दाहालले गत मंसिरमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीभन्दा सम्मानित पदमा पुर्याउने बताएको कुरा पूरा गरेको स्मरण गर्दै अत्याधिक मतले गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने प्रतिवद्धता जनाए । म देउवा सँगै छु र देउवाले वचन दिनुभएको मन्त्री पद पूरा हुन्छ, उनले भने ।
गोविन्द भट्टराई त्याग र समर्पण गरेको यहि माटोमा हुर्केको ईमानदार र योग्य उम्मेदवार भएकोले गठवन्धनका दलले अत्याधिक मतका साथ जिताउने बिस्वास आँफुले लिएको उनले बताए ।