पाेखरा ६ वैशाख ।
सरकारले ल्याउन लागेकाे निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । साे क्रममा बुधबार ७७ वटै जिल्लाका प्रमूख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् ।
यसै गरी कास्की स्थित ठुला चार ट्रेड युनियनको संयुक्त आह्वानमा सबै कर्मचारीहरु बुधबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेस कुमार श्रेष्ठले जानकारी दिए ।

ऐन निर्माणको प्रक्रियामा नेपाल सरकारले सरोकारवाला पक्षहरुसँग छलफल नै नगरी संघीय निजामती सेवा ऐनको विधेयक सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा गएको भन्ने व्यहोरा जानकारीमा आएकोले यो विषयमा विराेधमा उत्रन परेकाे कास्की स्थित क्रियाशिल कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष विष्णुदेवी पाेख्रेल , कर्मचारी युनियनका सुरेस कुमार श्रेष्ठ, राष्टिय कर्मचारी सगंठनका उपाध्यक्ष पदम लाल अधिकारी , एकिकृत सरकारी कर्मचारी संगठन नेपालकाका गुरू पाेख्रेल द्वरा हस्ताक्षरित गरिएकाे विज्ञप्तिमा जनाइर्एकाे छ ।

साेही क्रममा गण्डकी प्रदेसका प्रमुख सचिव लाइ प्रदेश कार्य समितिका क्रियाशिल कर्मचारी संगठनले एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेकाे नेपाल निजामति कर्मचारी युनियन गण्डकी प्रदेसका अध्यक्ष दिपक रेग्मीले वताए । ज्ञापन पत्र बुझाउन कर्मचारी सघ संगठनमा अावद्व कर्मचारीहरूकाे वाक्लाे उपस्थिती रहेकाे थिएाे ।
