वैशाख ६ तनहुँ ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु अाज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा अाज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यस अघि मगंलवार दमाैलीमा भएकाे चुनावी सभालाइ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शर्माले सम्वाेधन गरेका थिए ।