Latest
अर्को
Prev

आफै उम्मेदवार बनेको ठानेर भटराईको पक्षमा मत हाल्नुस् ः थापा

सेयर गर्नुहोस

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोविन्द भट्टराईलाई जिताउन सबै जना एकजुट भएर लाग्न गठबन्धनका कार्यकताहरुलाई आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि सदरमुकाम दमौलीमा गरेको  चुनावी सभालाई मङ्गलबार सम्बोधन गर्दै भटराईलाई सहयोग गर्न आव्हान  गरे ।


भटराई उम्मेदवार होइन म आफै  हो भनेर भोट हाल्न आग्रह गरेका हुन् । ‘भट्टराई हैन म उम्मेदवार हुँ भनेर मतदातासँग भोट मागेर विजयी गराउनुस्’ उनले भने । ‘निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नरहेकोले गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । 



निर्वाचन भन्दा अगाडी र पछाडी पनि गठबन्धन गर्नुपरेको उनको भनाई थियो । गठबन्धन दलको न्यूनतम साझा कार्यक्रम अनुसार पाँच वर्ष सरकार चलाउने उनले बताए ।  न्यूनतमा साझा कार्यक्रमलाई मार्गदर्शन मानेर पाँच वर्ष सरकार चलाउने हो, परिणाम पनि दिन्छौ’ ।


यो सरकार पाँच वर्ष सम्म चल्ने समय खेर जान दिनु नहुने र एक एक पल, क्षणको महत्व छ  राखेर काम गर्नुपर्ने थापाको भनाई थियो । 



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist