Latest
अर्को
Prev

फेवातालमा रहेकाे तालबाराही मन्दिरको पुनर्निमाण सुरु

सेयर गर्नुहोस

पाेखरा ।


पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनर्निर्माण प्रक्रिया थालिएको छ ।धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ ।


विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो ।पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ ।


पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो संख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनर्निर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।


भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो । हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गरेका थिए ।


पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनर्निर्माण गर्न लागिएको अध्यक्ष कुँवरले बताउनुभयो ।


मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।मन्दिर पुनर्निर्माणका लागि पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने बताउँदै अध्यक्ष कुँवरले दैनिकरूपमा मन्दिरमा आउने दर्शनार्थीबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन भइरहेको बताउनुभयो ।


‘मन्दिर पुनर्निर्माणका लागि दैनिक रु ४०–५० हजारसम्म चन्दा सहयोग आउने गरेको छ’, उहाँले भन्नुभयो, ‘नयाँ वर्षका कारण पोखरा घुम्न आउने पर्यटकको आगमनले सहयोग पनि बढ्ने अपेक्षा गरेका छौँ ।’ मन्दिरको पुनर्निर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि गुरुयोजना तयार गर्न डा. भरतराज पहारीको संयोजकत्वमा सात सदस्यीय विज्ञसहितको टोली गठन भई त्यसमार्फत अध्ययन भइरहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist