Latest
अर्को
Prev

जोशी समुह र रास्वपाबीच तालमेल भएको छैनः जोशी

सेयर गर्नुहोस


वैशाख १ तनहुँ ।


तनहुँ –१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समुह र रास्वपाबीच चुनावी तालमेल भएको भन्ने समाचार निराधार भएको जोशी समुहले जनाएको छ । स्वास्वपासँग वार्ता तथा संवाद नभएको जनाईएको छ । जोशी समुहका वार्ता समितिका संयोजक हरिशरण पण्डितले रास्वपालाई सघाउने भन्ने कुरा निराधार भएको बताए ।


जोशीका पुत्र दीपकराज जोशी र उम्मेदवार गोविन्द भट्टराईबीच आज भएको संवादमा त्यस्तो सहकार्य नभएको जनाईएको छ । ‘हाम्रो समुह तठस्थ छ कसैलाई पनि समर्थन गरेका छैनौं’ जोशीले भने । सामाजिक सञ्जालमा आएका  रास्वपाका उम्मेदवारलाई सघाउने भन्ने कुरा सबै निराधार भएको जोशीको भनाइ छ ।



पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूले कसैलाई पनि सहयोग गर्ने नभनेको बताए। पार्टीसँगै मिल्ने हाम्रो चाहाना हो, लिखित रुपमा सहमती गर्नुपर्ने र पार्टीको बैठकबाटै निर्णय भएर आउनु पर्छ भन्ने माग हाम्रो हो, पूर्व सहमहामन्त्री जोशीले भने। जोशीसमुहलाई पार्टी ल्याउने काम भईरहेको र पुनः वार्ताको कार्य अघि बढ्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए। जोशी समुहको माग पुरा गर्न हामी सकरात्मक छौं पार्टीलाई एकतामा बाध्ने प्रयास भईरहेको छ ।



चुनावको मिति नजिकिएकोले दुई, तीन दिन भित्रै  एकता ल्याउने प्रयास भईरहेको छ । गोविन्दराज जोशीलाई २०४८ साल देखिको सबै निर्वाचनमा सहयोग गरेकोले आफूप्रति सहानुभूति भएको पाएको उम्मेदवार गोविन्द भट्टराईले बताए । २०६४ सालको निर्वाचनमा समेत ज्यान जोखिमको प्रवाह नगरीकन चुनावी अभियानमा म होमिएको थिएँ त्यसकारणले गर्दा पनि म प्रति जोशी समुहको सहानुभूति छ, भट्टराईले भने । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist