Latest
अर्को
Prev

‘प्रसाद-२’ को प्रदर्शन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सेयर गर्नुहोस

काठमाडौँ — उच्च अदालत पाटनले फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि अदालतले आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जनाए ।


‘प्रसाद-२ को प्रदर्शन रोकी पाउँ भनेर पाण्डेले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो । त्यो निवेदनबाट स्टेअर्डर आएको छ,’अधिवक्ता अधिकारीले भने ।


निर्माता पाण्डेले ९० प्रतिशत स्वामित्व रहेको फिल्म आफ्नो अनुमति बिना नै प्रदर्शन गर्न लागेको भन्दै अदालतमा निवेदन दिएको थियो । न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । केशवको पक्षबाट अधिवक्ता सरोजसँगै, अरुण पौडेल र श्यामकुमार विश्वकर्माले बहस गरेका थिए ।


यसअघि पाण्डेले सुवासले दिएको ६२ लाख ५० हजारको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका थिए । अदालतले पक्राउ पुर्जीसमेत जारी गर्‍यो । अहिले प्रहरी निर्माता सुवासलाई खोजिरहेको अवस्थामै निर्माण टिमले फिल्म प्रदर्शन गर्दा ‘प्रसाद २’को सेन्सर रोक्न भन्दै चलचित्र विकास बोर्डमा मागसमेत गरेका थिए । तर, सोमबार चलचित्र विकास बोर्डमा भएको छलफलमा फिल्म रोक्न नहुने निर्णय हुँदा निर्माता पाण्डे उक्त कुरामा असहमत थिए ।


खासमा ‘प्रसाद-२’ को विवाद छायांकनदेखि नै सुरु भएको थियो । गत असारमा निर्देशक र फिल्मका प्रमुख कलाकारबीच विवाद भएपछि छायांकन नगरी ‘प्रसाद-२’ को निर्माण टिम कास्कीको ल्वाङघलेलबाट काठमाडौं फर्केको थियो । त्यतिबेला अभिनेता विपिन कार्कीले सुटिङ हुँदा ‘मुड नभएको’ कुरा गरेपछि निर्देशक थापा र कार्कीबीच लफडा भएर निर्माण टिम काठमाडौं फर्किएको चर्चा चल्यो । ल्वाङघलेल पुगेको १७ दिनमै निर्माण टिम काठमाडौं फर्कँदा विपिन र सुदर्शनबीचको विवाद नै कारण देखाइयो । केशवका अनुसार त्यो विवादको अर्को कारण सुवासले गरेको आर्थिक गडबडी थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist