Latest
अर्को
Prev

आम नागरिकले अनुभूति पाउने गरि सेवा प्रवाह गर्न राष्ट्रपति पाैडेलकाे आग्रह

सेयर गर्नुहोस

काठमाडाै ११ चैत्र ।


राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेस सहितकाे एक टाेलीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।


नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष एवं गण्डकी प्रदेसका अध्यक्ष दिपक रेग्मी सहित युनियन कर्मिहरू सगँ राष्ट्रपति भवन शीतल निवासमा आज भएकाे भेटमा राष्ट्रपति पाैडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकलाइ महसुस हुने र आम नागरिकले अनुभूति पाउने गरि सेवा प्रवाह गर्न आग्रह गर्नुभएाे ।


साे अवसरमा युनियनका गण्डकी प्रदेसका अध्यक्ष रेग्मीले राष्ट्रपति राष्ट्रकाे अभिभावक भएकाेले विपन्नले आय र निमुखले न्याय हुने गरि काम गर्न राष्ट्रपति पाैडेललाइ सुझाव दिएका थिए ।


सो अवसरमा अध्यक्ष रेग्मी , केन्द्रीय सदस्य वद्री पाैडेल,गण्डकी प्रदेसका पूर्व अध्यक्ष शिव अधिकारी,सचिव टेकनारयण सुवेदी,काेषाध्यक्ष राजन तिमिल्सिना, सदस्य हरि पाैडेल, स्याङजा महाधिवेसन प्रतिनिधी विनाेद रेग्मी, नवलपुरका महाधिवेसन प्रतिनिधी प्रमाेद अर्याल, सचिव प्रदिप श्रेष्ठ, पर्वतका लिलाधर गाैतम, कास्की युनियनका सचिव सुमन शर्मा , पूर्व महाधिवेसन प्रतिनिधी रामचन्द्र पाैडेल, दिनेस चापागाइ, गणेश ठकुरी, लगायतको उपस्थिति थियो ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist