पाेखरा ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ। शुक्रबार केन्द्रबाट निर्देशन भएसँगै माओवादीले आजै सरकारलाइ दिएकाे समर्थन फिर्ता गरेकाे छ । अाज बिहान ११ बजेदेखि बसेको माओवादी संसदीय दलको बैठकवाट सरकार छोड्ने निर्णय गरेको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बताए , ।
सरकारवाट समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् । पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गण्डकी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै गन्डकी प्रदेस सरकार समस्यामा परेको छ । मुख्यमन्त्री अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।