काठमाडाै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७२ सांसदकाे समर्थन सहित विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।
प्रधानमन्त्री प्रचण्डलाइ कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् ।
एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाइ विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टी तटस्थ वसेकाे थिएाे ।