Latest
अर्को
Prev

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

सेयर गर्नुहोस


काठमाडौँ ‘


नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।


सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकार जगत्ले भोग्दै आएको समस्याबारे जानकारी गराएको थियो ।


सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सरहना गर्नुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गर्नुभयो ।


समाजमा भएका विकृति, विसंगतिप्रति पत्रकार जगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उहाँको जोड थियो । “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकार जगत् सचेत रहेर सही सूचना दिनुपर्छ”, उहाँले भन्नुभयो । महासङ्घका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार नै हुनुहुन्छ भन्नुभयो । भेटमा महासङ्घका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist