Latest
अर्को
Prev

स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध : मन्त्री शर्मा

सेयर गर्नुहोस


तनहुँ २७ फागुन  ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानिय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध रहेकाे बताएकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तीनै तहको सरकारलाई बलियो बनाउन सकिएमात्र वलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध भएका षडयन्त्रलाइ असफल बनाइने उल्लेख गरिन् ।


मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देशमा विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, ‘स्थानीय तह स्थानिय सरकार हो । जनताको सुख दुःखको सधै साथ र सहयाेग गर्नुपर्ने वताइन ।’


स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।’ गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन् ।


कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्था मन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist