पोखरा ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । सभापति देउवाले पौडेल राष्ट्रपतिमा निर्वाचित घोषणा गर्न र प्रमाणपत्र वितरणका लागि आयोजित समारोहमा पुगेर वधाइ दिएका हुन् । साे समाराेहमा शीर्ष नेताहरुबीच मञ्चमै अंकमाल गर्दै बधाई साटासाट गरेका थिए ।
पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।