Latest
अर्को
Prev

राष्ट्रपति चयनका लागि मतदान सुरू

सेयर गर्नुहोस

काठमाडौँ ।


राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।बिहीबार आज बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।


निर्वाचनमा दुई पूर्व सभामुख रामचन्द्र पौडेल नेपाली काँग्रेस) र सुवासचन्द्र नेम्वाङ (नेकपा एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । काँग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो ।ुकमा


बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुने छ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने बताइएको छ ।निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist