Latest
अर्को
Prev

ऋषिङ्ग गाउँपालिकाले महिला लोकगित र डाेरी तान्ने प्रतियोगिता गर्ने

सेयर गर्नुहोस


तनहुँ ।


११३औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फाल्गुन २४ गते ऋषिङ्ग गाउँपालिकाले खुल्ला महिला लोकगित प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता राख्ने भएको छ ।


लोकगित प्रतियोगितामा प्रत्येक वडाबाट १ टिमले “आजको आवश्यकता सम्मुनत राष्ट्र निर्माणमा महिलाको सहभागीता” शीर्षकमा लोकगीत सृजना गरी गाउनेछन् भने महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता हुने ऋषिङ्ग गाउँपालिकाका सुचना प्रविधि अधिकृत साैगात तिमिल्सिनाले जानकारी दिए ।


साे अवसरमा महिला कर्मचारी र जनप्रतिनिधि बिच डोरी तान्ने प्रतियोगिता सुरु भई समापन पश्चात् हरेक वडाबाट १ टिमले आफ्नो लोकगित प्रस्तुत गर्नेछन् । यस कार्यक्रममा पुरस्कार प्रथम, द्वितिय, तृतिय हुने र सान्तवनाको लागी क्रमश रूपमा रु. २०,००० (अक्षेरुपी बिस हजार),  रु. १५,००० (अक्षेरुपी रु. पन्ध्र हजार), रु. १२,००० (अक्षेरुपी रु. बाह्र हजार) र रु. ८,००० (अक्षेरुपी रु. आठ हजार) प्रदान गरिनेछ । सहभागी सम्पुर्ण टिमलाई प्रमाण पत्रको व्यवस्था समेत रहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist