काठमाडौं ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँका अनुसार कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । गठबन्धनमा रहेका आठ दलको साझा उमेदवार बनेका पौडेलको पक्षमा मत पार्न कार्यदल बनाएको हो ।