Latest
अर्को
Prev

परराष्ट्र मन्त्री पौडेलको जेनेभा भ्रमण रद्द

सेयर गर्नुहोस

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ ।संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार साँझ परराष्ट्रमन्त्री विमला राई पौडेलको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने तयारी भएपनि एक्कासी प्रधानमन्त्रीको निर्देशनमा भ्रमण रोकिएको हो ।


मन्त्री पौडेल दिउँसो ३ बजेपछि त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेपछि परराष्ट्रमन्त्री रोकिएकी हुन् ।उनी बाहेक मन्त्रालयका अन्य अधिकारी भने त्यसतर्फ गएको मन्त्री पौडेलका प्रेस संयोजक यसोदा अधिकारीले जानकारी दिइन् । परराष्ट्रमन्त्रीको भनाई उद्धतगर्दै उनले भनिन ‘प्रधानमन्त्रीज्यूले अहिलेलाई मन्त्री नजानु अरुमात्र जानु भन्ने खबर आएछ ।’


आजै विहान मात्रै उनले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन् ।राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर सत्ता समीकरण परिवर्तन भएसंगै एमालेबाट मन्त्री बनेकी पौडेलको भ्रमण रोकिएको हो । फागुन १२ गते एमालेबाहेक आठ दलको समीकरण बने पनि एमालेले सरकार छाडेको छैन ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist