Latest
अर्को
Prev

कर्मचारी युनियन गण्डकी प्रदेशद्वारा आयोजित सम्मान तथा मित्रमिलन कार्यक्रम सम्पन्र

सेयर गर्नुहोस

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यसमितिद्वारा आयोजित सम्मान तथा मित्रमिलन कार्यक्रम अाइतवार पाेखरामा सम्पन्न भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकलाई अस्थिर हुनबाट नेपाली कांगे्सले जोगाउने बताएका छन् । नेता गुरुङले कर्मचारी स्थायी सरकार भएकाले सवैकाे सहयाेग भएमा मात्र देशलाई समृद्धि तर्फ अघि बढाउने सहज हुने बताए ।


कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष दीपक रेग्मीको अध्यक्षतामा भएको मित्रमिलन कार्यक्रममा निजामती ऐन आम कर्मचारीको हक हितमा हुने गरी ल्याउनु पर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष रेग्मीले सेवाकाे भावलाई निरन्तरता दिने शक्ति युनियन मात्र भएकाले त्यसको मर्म र भावना अनुसार माउ पाटी नेपाली कांग्रेसले बुझ्न सक्नु पर्ने बताए । युनियनले संघ, प्रदेश र स्थानीय तहमा फराकिलो ढंगको निजामती ऐन ल्याउन सरकारलाई आग्रह समेत गरेको छ ।साथै समायाेजन भएका कमर्चारीहरूकाे वृतीविकासमा एकरूपता दिन समेत अाग्रह गरेकाे छ ।



गण्डकी प्रदेश कार्यसमितिका सचिव टेकनारायण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मुलुकको राजनीतिक यात्रामा ३ तहका सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीकै भएकाले केन्द्रिकृत मानशिकता त्याग्न सवै पक्षलाई अाग्रह गरे । नेता पाण्डेले सरकारको गलत योजना तथा नीतिको बारेमा पार्टीलाई सूचना दिन आग्रह गरे ।


कार्यक्रममा नेका केन्द्रीय सदस्य गुरु बराल, नेका स्याङ्जा सभापति एवं सांसद राजु थापा, नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, युनियन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन गुरुङ,स्वागत मन्तव्य राखेका थिए भने युनियन कास्कीका कार्यवहाक अध्यक्ष केदार सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा युनियनलाई याेगदान दिने वर्तमान तथा अवकाश भएका कर्मचारीलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist