नागरिकता मुद्धामा उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेको पद गएको छ । लामिछानेको नागरिकता मुद्धामा सर्वोच्च अदालतले लामिछानेलाई सांसद हुन अयोग्य ठहर गरेपछि उहाँका सबै पद गएको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् ।