Latest
अर्को
Prev

भौतिक पुर्बाधार तथा यातायात ब्यबस्था मन्त्री चुमानको पदभार ग्रहण संघियता कार्यन्वयनमा लाग्न निर्देशन

सेयर गर्नुहोस


पोखरा, ११ माघ


गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले वुधवार पदभार ग्रहण गनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न र संघियता कार्यन्वयनमा साथ दिन आग्रह गर्नुभएको छ ।


अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई र्निदेशन दिनुभएको छ । योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानिय तहको कार्यबिभाजन बिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले सो अबसरमा उल्लेख गर्नुभयो ।


टुक्रे र परिणाम बिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभव नहुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उहाँको भनाई थियो । अहिलेको आधुनिक युगमा सेबाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताउनु भयो । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अबस्था अन्त्यका लागि काम गर्न उहाँले कर्मचारीलाई र्निदेशन दिनुभयो ।


पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा बिद्युतिय सवारी सञ्चालन संबन्धी मापदण्ड तयार गरि लागु गर्ने र्निणय गर्नुभएको छ । हालसम्म सार्बजनिक रुपमा बिद्युतिय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले १ महिना भित्र मापदण्ड तयार गर्ने र्निणर्य भएको छ ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist