तनहुँ माघ ९ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले रोजगारी र समृद्धि लागि “महिला सशक्तीकरणमा-महालक्ष्मी लाईफ” भन्ने अभियानककाे कार्यक्रम साेमवार दमाैलीमा एक कार्यक्रम गरी सम्पन्न
गरेकाे छ ।
राेजगारी र सम्वृद्दी भन्ने मुल नाराकाे साथ अायाेजना भएकाे कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का नायब प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले एक समाराेह विच गर्नु भएकाे हाे । कार्यक्रममा विभिन्न सहभागी समेत गरी करिव ११० जनाको उपस्थिति रहेको थियो भने समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत पन्थीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गरेकाे वताए ।
समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देश-को उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य बजार ब्यवस्थापन प्रमुख प्रशन्तराज धमला,महिलाहरुलाई सशक्तीकरण गरि रोजगारी र समृद्धि तर्फ लैजाने कार्यक्रमले महत्व राख्ने वताउनु भयाे । सिनियर एजेन्सी मेनेजर राजु ढकाल लगायतले कार्यक्रमकाे महत्तव माथि प्रकाश पारेका थिए भने कार्यक्रमकाे सञ्चालन संयाेजक माधव न्याैपानेले गरेका थिए ।