Latest
अर्को
Prev

परिक्षामा नम्वर थाेरै ल्याएको भन्दै प्रधानाध्यापकले विद्यार्थी कुटे

सेयर गर्नुहोस


तनहुँ  माघ ९ ।



तनहुँको एक विद्यालयका प्रधानाध्यापकले दश कक्षामा अ ध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेका छन् । घिरिङ गाउँपालिका स्थित चन्द्रज्योती माविका प्रधानाध्यापक प्रेम थापाले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षामा राम्रो नम्वर नल्याएको  भन्दै पिटेका हुन । कुटपिट गरिएको विद्यार्थी मध्ये भिमाद नगरपालिका– ४ बरडांडाको लिला माया आलेलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार साँझ नै अस्पताल लगिएको थियो । उनलाई तीघ्रामा लठ्ठीले हानिएको थियो ।


सोमबार जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचार पस्चात घाइते विद्यार्थी डिस्चार्ज भएका छन् । सबै विद्यार्थीलाई नम्वर थोरै ल्यायो भनेर शिक्षकले पिटेका हुन् ।
विद्यार्थीले आन्तरिक परिक्षामा राम्रो अंक नल्याएकोले प्रधानाध्यापकले कुटपिट गरेको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए । ‘दश कक्षामा ४२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई आइतबार परिक्षा लिइएको थियो । तर अधिकांस विद्यार्थीले राम्रो अंक ल्याएनछन् । त्यसपछि प्रधानाध्यापकले पिट्नु भएछ । थोरै अंक ल्यायो भन्दैमा विद्यार्थीलाई पिट्न नहुने उनले बताए । 



एसइइ नजिकिदै गर्दा होस्टेलमा बसेका विद्यार्थीलाई विद्यालयमै पुर्व तयारी कक्षा संचालन गरिएको थियो । होस्टलमा आइतबार ४२ जनालाई टेस्ट परीक्षा लिँदा अधिकांश विद्यार्थीले उत्तर नजानेको भन्दै सबैलाई लठ्ठीले पिटेको विद्यार्थीको गुनासो छ ।



अभिभावक, विद्यार्थी, शिक्षक, प्रहरी र जनप्रतिनिधिवीच छलफल 



विद्यार्थी माथि भएको कुटपिटको घटना बाहिरिएपछि त्यसक्षेत्रका अभिभावक र विद्यार्थीहरु त्रसित भए । त्यसपछि अधिकांस अभिभावक र विद्यार्थीले प्रधानाध्यापकमाथि कारवाही गर्नुपर्छ भन्दै विद्यालयमा उपस्थित भएका थिए । विवाद समाधान गर्न अभिभावक, विद्यार्थी, शिक्षक, प्रहरी र जनप्रतिनिधिवीच छलफल भएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार विद्यार्थीहरुको माग यो शिक्षक हुँदैन कारवाही गर्नुपर्छ भन्ने छ । ‘हामीले पनि छानविन गर्छौ गल्ती गर्नेलाई कारवाही गर्छौ भनेका छौ, तर विद्यार्थीहरुले डर र पिडा महसुस गरेका छन् कसरी समाधान खोज्ने त्यस विषयमा छलफल गर्ने उनले बताए ।



विद्यालयमै विद्यार्थीमाथि प्रधानाध्यापकले कुटपिट गरेपछि विद्यालय तनावग्रस्त बनेको थियो । अन्यलाई केही नभएपनि एउटा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै विद्यालयका शिक्षकहरुले अभिभावकलाई खवर गरी साँझ नै अस्पताल पठाएका थिए ।


विद्यार्थीमाथि भएको कुटपिटको घटना निन्दनीय भएको शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले बताए । ‘म पनि गाउँपालिकामा थिइन त्यस दिन बाहिर थिए । पछि बालबालिकाले कुटाइ खाए भन्ने थाहा पाए त्यसपछि सम्वन्धित शिक्षकलाई सम्पर्क गर्न खोजे तर भएन । विद्यार्थीमाथि भएको घटना नराम्रो भएकाले त्यस विषयमा छानविन गरी दोषीमाथि कारवाही प्रकृया अघि बढाउँछौ,’ उनले भने । यता अभिभावकहरु त्रसित बनेका छन् । छोराछोरीलाई पढ्न विद्यालय पठाएपनि शिक्षकबाट नै असुरक्षित हुने अवस्था आयो भन्दै अभिभावकले गुनासो गरेका छन् ।



सोमबार गाउँपालिकामा भएको छलफलमा कानुन बमोजिम कारवाही गर्न अभिभावकले माग गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अभिभावकले भोली कानुन बमोजिम जाहेरी दिन्छौ भनेर समझदारी गरी आजको छलफल सकिएको छ । मंगलबार रितपुर्वक जाहेरी लिएर आउँछौ भन्नु भएको छ । आउनु भयो भने दर्ता गर्छौ,’ उनले भने । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist