Latest
अर्को
Prev

विमान दुर्घटनामा सवार चार जनाको अवस्था अझै अज्ञात

सेयर गर्नुहोस


पोखरा माघ १ ।


आइताबर पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। 


खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ।


भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने तयारी भयको उनले बताए। सेती नदीको अप्ठ्यारो खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको छ। 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist