Latest
अर्को
Prev

गण्डकीमा एमालेका अधिकारी मुख्यमन्त्री बन्दै, मन्त्रालय घटाउने तयारि

सेयर गर्नुहोस

पोखरा ।  गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । सत्ता गठबन्धनको भागबन्डामा गण्डकी प्रदेश नेकपा एमालेको भागमा परेपछि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता खगराज अधिकारी मुख्यमन्त्री हुने भएका हुन् l


प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको  समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो ।


६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ ।


गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका छन् । यसो भए अधिकारीलाई ३२ सदस्यीयको समर्थन पुग्न सक्छ । प्रदेश सभामा नेपाली कांग्रेकासँग २७ सिट सांसद छन् ।

मन्त्रालय घटाउन छलफल जारि


मुख्यमन्त्री भएपछि अधिकारीले प्रदेश मन्त्रालय घटाउने तयारी गरेका छन् । गण्डकीमा अधिकतम १२ मन्त्रालय बनाउन पाइन्छ । तर, अधिकारीले ३  घटाएर ९ मन्त्रालय बनाउने तयारी गरेका छन् ।नयाँ सत्ताको गठबन्धन भित्र मन्त्रालय मर्ज गर्ने विषयमा प्रमुखताका साथ छलफल चलिरहेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । ‘९ मन्त्रालय बनाएर जाने कुरामा छलफल भैरहेको छ,’ उनले भने, ‘कुरा टुंगिएको छैन । मन्त्रालय घटाउन सबै सहमत हुनुहुन्छ ।’


सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाको १ मन्त्रालय बनाउने तयारी थालिएको हो । सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउने सम्भावना छ । सभामुख बन्न माओवादीका कृष्ण धितालको नाम चर्चामा छ ।





सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist