Latest
अर्को
Prev

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सेयर गर्नुहोस


काठमाडौं २४ पुष ।



सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ थियो। त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक)को भाउ लिटरको १७० रुपैयाँ भएको छ।


भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रुपैयाँ नै छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist