काठमाडौ पुष१५ ।
माइ होटल एण्ड होम डटकमले अङग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसरमा यसबाट लग इन गरेर कोठा बुक गर्नेलाई अनलाईन पेमेन्टमा १० दश प्रतिशत छुट दिने भएको छ ।
होटलले दिने बाहेक यसले वेभसाइट लग इन गरेर अनलाईन पेमेण्ट गर्दा १० प्रतिशत छुट दिने भएको माइ होटल एण्ड होम डटकम प्रालिका प्रवन्ध निर्देशक उत्सव पाठकले बताए । “ यो विशेष अवसरमा हाम्रा ग्राहकलाई सेवा र छुट दिन यो अफर ल्याएका हौ”, प्रवन्ध निर्देशक पाठकले भने । छुट निश्चित अवसरसम्म खुल्ला राखेको उनले बताए ।
माइ होटल एण्ड होम डटकमले नेपालका प्रमुख शहर र पर्यटकीय गन्तव्यमा घुम्न जाने पर्यटकलाई लक्षित गरेर होटल, होम स्टेका कोठा बुकिङ गर्न यो वेभसाइट सुरु गरेको हो । आफ्नो बजेट र रोजाई अनुसारको होटल वा होमस्ेटका कोठा अग्रिम बुकिङ गर्न दुई युवाले यो वेभसाइट विकास गरेका हुन् । यसमा होटल, होमस्टे, अपार्टमेन्ट वा घरको कोठा समेत बुकिङ गर्न सकिने अप्सन राखिएको छ । मोवाईल वा कम्प्यूटरबाट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको कोठा सजिलै बुकिङ गर्न सकिन्छ ।
होटल एण्ड होम प्रालिका अध्यक्ष सफटवेयर इन्जिनियर शैलेस कार्कीका अनुसार यसमा होटलका रुम र त्यसका सेवा शर्त, पाईने सेवा र त्यहाँका पर्यटकीय गतिविधिबारे पनि जानकारी पाउन सकिन्छ । काठमाडौँ, भक्तपुर, नगरकोट, पोखरा, सौराहा, चितवन, लुम्बिनी, पाल्पा लगायतका प्रमुख पर्यटकीय ठाउँका होटलबारे यसमा जानकारी पाउन सकिन्छ ।
प्रचारात्मक भिजुअल
माइ होटल एण्ड होम डटकमले प्रचारत्मक श्रव्य दृश्य सामग्री तयार गरेको छ । माइ होटल एण्ड होम डटकमबारे जानकारी दिन र यसको सेवा सुलभ र सहज ढङ्गले पाउन सकियोस भनेर यो छोटो भिजुअल तयार गरिएको निर्देशक पाठकले बताए । “ अप्ठयारोमा पर्दा वा कतै घुम्न जाने तयारी गर्दा होटल, होमस्टे र अपार्टमेन्टका कोठा कसरी बुक गर्न सकिन्छ भन्ने सुझाव प्रस्तुतको प्रयास गरिएको छ”, होटल एण्ड होम प्रालिका अध्यक्ष सफटवेयर इन्जिनियर शैलेस कार्कीले बताए