Latest
अर्को
Prev

आहा रारा पोखरा गोल्डकपको सबै तयारी पूरा

सेयर गर्नुहोस

पोखरा । बिहीबारबाट पोखरा रङ्गशालामा सुरु हुने २२ औँ आहा रारा पोखरा गोल्डकपको सबै तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।


प्रतियोगितामा आयोजक सहारासहित १० टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहारा र धरान फुटबल क्लबका साथै सहिद स्मारक ‘ए’ डिभिजन लिगका सात र अमेरिकाको एउटा टोली उपाधिका लागि भिड्दै छन् ।


‘ए’ डिभिजन लिगमा लगातार दुई पटकको साविक विजेता मच्छिन्द्र फुटबल क्लब, आहा रारा गोल्डकपको साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, उपविजेता मनाङ मर्स्याङ्दी क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा क्लब र शीर्ष डिभिजनको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड फुटबल क्लब प्रतियोगितामा सहभागी हुनेछन् । यसैगरी अमेरिकाको भुट्निज यूथ स्पोर्टस क्लबको प्रतियोगितामा लगातार दोस्रो वर्ष सहभागिता रहने आयोजकले जनाएको छ ।


गत वर्षको तुलनामा प्रतियोगिताको पुरस्कार राशि बढाइएको आयोजक सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ (सुरज)ले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गत वर्ष विजेताले १० लाख रुपैयाँ पाएकोमा यसपाली १२ लाख पाउनेछ । उपविजेतालाई एक लाख रुपैयाँ थप गरि यसपाली ६ लाख रुपैयाँ प्रदान गरिनेछ ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist