काठमाडौँ
नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेका हुन् । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।