Latest
अर्को
Prev

एन्टाको अफिसियल स्टोर नेपालमा

सेयर गर्नुहोस


काठमाडौं


फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो ।


काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले स्वरुमको उद्घाटन गरेका हुन् । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै एन्टाजस्तो अन्तराष्ट्रिय ब्राण्डले नेपालमा औपचारिक रुपमा बिक्री वितरण शुरु गर्नु उपभोक्ताको लागि खुसीको कुरा रहेको बताए ।


स्पोर्टस् भेन्चरका संचालक विश्वास थोकरले एन्टाको एक्स्क्लुसिभ स्टोर मार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडा देखि फिटनेस तथा खेलकुदका सामाग्री स्टोरमा पाइने बताए । थोकरले चाइनाको लिडिङ ब्राण्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको भन्दै एन्टाको गुणस्तर र ब्राण्ड नेटवर्क को आधारमा उपभोक्ता ढुक्क हुने बताए ।


औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर राखिएको उनको भनाई छ । सिभिल मलको अतिरिक्त लविङ मल र दरवार मार्गमा मल्टिपल ब्राण्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको संचालक थोकरले बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist