पोखरा । गण्डकी प्रदेशमा प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण हुने भएको छ ।
पोखरा नदिपुरस्थित प्रदेशसभा रहेकाे हलमा पुष १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको छ ।
शपथ लिन आउन मातृभाषामा पनि पाइने छ । यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद सचिवालयलाई जानकारी दिनुपर्छ । प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्य गण्डकी प्रदेशका जेष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।