काठमाडौँ । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पाएका छन् । प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई प्रवक्ताको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
मसिर ४ गते भएकाे प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेपछि प्रवक्ता कसैलाई तोकिएको थिएन ।
पार्टीलाई असहयोग गरेको आरोपमा खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए ।कात्तिक २९ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्तीमा परेपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । पार्टीलाई असहयोग गरेको आरोपमा खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका थिए ।