Latest
अर्को
Prev

अर्जेन्टिना फाइनलमा

सेयर गर्नुहोस

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।


कतारको लुसेइल रङ्गशालामा मंगलबार राती भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित गर्यो ।


जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३-० को हारको बदला पनि लिएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।


विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ ।


सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist