Latest
अर्को
Prev

अर्जेन्टिनाले अस्ट्रेलियालाई हराउँदै क्वाटरफाइनलमा

सेयर गर्नुहोस


१८ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत शनिबार राती भएको प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २ – १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरेका थिए।


खेलको ३५ औँ मिनेटमा  मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्। अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।


७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो। अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist