पोखरा, १ मंसिर
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा कर्मचारी जान थालेका हन् । कास्कीका दुर्गम ठाउँहरूमा बुधबार नै लगेका थिए भने नजिकका क्षेत्रमा विहिवार देखि जान थालेका छन् ।
निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले बताए । उनले आज नै सबै जना मतदानस्थलमा पुगेर सूचना निकाल्ने काम गर्ने बताए ।
उनले निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । निर्वाचनकाका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु बुझेर मतदान अधिकृत सहित सुरक्षा निकाय मतदान केन्द्र पुगेका हुन् ।
कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रबाट २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् । एउटा केन्द्रमा कर्मचारी ८ जन र स्वम सेवक ३ जना सहित ११ जना कर्मचारी खटिने पराजुलीले जानकारी दिए ।