कात्तिक २५ ।
आसन्न निर्वाचनलाई मध्रयनजर गर्दै नेपाल सरकार आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशकाे आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संघीयतालाई मजबुत पार्न दोस्रो पटक यस्तो चुनाव हुन लागेको भन्दै यसलाई निश्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री डोबाटे विक, नेपाली सेनाका बलाधिकृत रथि सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानमा मुख्य अनुसन्धान निरीक्षक हुतराज थापा, नेपाली सेनाको मध्य कमाण्डका कमाण्डपति उपरथि बाबुराम श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्दप्रसाद रिजाल सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमकाे अध्यक्षता गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंहले गर्नुभएको थियो ।
गोष्ठीमा १० जिल्लाका प्रजिअ र सुरक्षा प्रमुख भौतिकरुपमै सहभागी हुनुभयो भने मनाङ जिल्र्लावाट भर्रचुवाल रुपमा सहभागिता जनाएको थियाे । गोष्ठीमा निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा रणनीति, बारेमा छलफल भएकाे थियाे । उक्त अवसरमा ११ वटै जिल्लाका प्रजिअले जिल्लागत रुपमा जिल्लाकाे सुरक्षाका विषायमा प्रस्तुति राख्नुभएको थिएाे ।
गाेष्ठीमा गण्डकीका ५ सय ५९ ओटा मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् ।२ हजार ३ सय ३९ मतदान केन्द्रमध्ये ५ सय ५९ ओटा अति संवेदनशील र ९ सय ४५ वटा संवेदनशील मानिएको छ भने ८ सय ३५ ओटा मतदान केन्द्र सामान्य छन् ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार प्रदेशमा नेपाल प्रहरीतर्फ ६ हजार ६ सय ८६ जना, म्यादी प्रहरी १२ हजार ४ सय ६४ जना, सशस्त्र प्रहरी बल ३ हजार २ सय ४३ जना खटिने छन् । यस्तै नेपाली सेना ४ हजार ५ सय १२ जना खटिने छन् ।
सुरक्षा निकायका अनुसार निर्वाचनका बेला ३ घेराको सुरक्षा व्यवस्था कायम गरिनेछ । पहिलो घेरामा नेपाल प्रहरी-म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाल सेना रहने छन् । आवश्यकता अनुसार केही ठाउँमा फेर बदल पनि हुन सक्ने सुरक्षा गोष्ठीमा जानकारी गराइएकाे िथएाे ।