Latest
अर्को
Prev

निर्वाचनमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउने

सेयर गर्नुहोस

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचनमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउने व्यवस्था गरेकाे छ । चुनावका लगी एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । 


२०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । त्यही व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ । अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।  


आयोगले एउटा जिल्लामा बढीमा आठ र घटीमा एक वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । अस्थायी मतदाताको सूचीमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदी बन्दी लगायत रहेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist