कार्तिक ०४
लायन्स क्लब अफ पोखरा बरपिपल चौतारीले स्याङ्जा पुतलीबजार नगरपालिका १३ मा रहेको रानिथुम्का आधारभुत विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको छ ।
शुक्रवार एक कार्यक्रमका विच लायन्स क्लब अफ पोखरा बरपिपल चौतारी का अध्यक्ष लायन बिनय सुबेदिको अध्यक्षता भएको कार्यक्रममा विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको हो ।
क्लबका अध्यक्ष सुबेदिले आफुले क,ख सिकेको विद्यालयमा यसरी कार्यक्रम गर्न पाउनु र विद्यलयकाे आवश्यकता अनुसार केही सहयोग गर्न पाउँदा निकै हर्षित भएको वताए । विद्यालय परिवार लाई धन्यवाद र शुभकामना साथै विद्यर्थीको उज्ज्वल भविस्य को कामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी जुद्द बहादुर थापाले आयोजक लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग रहने आशा व्यक्त गरेका थिए .
कार्यक्रममा प्रमुख अथिती पुतलीबजार नगरपालिका वार्ड न १३ का वार्ड अध्यक्ष जुद्द बहादुर थापा ,विशेष अथिती जोन घ जोन चियरपर्सन बिना पाइजा ,विध्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर अधिकारी , विद्यालयका प्रधानाध्यापक सुर्य कान्त रेग्मीज्यु को उपस्थितिमा कार्यक्रम सपन्न भएको थियो । भने कार्यक्रमको सन्चालन कल्बको सदस्य लायन स्मृति काफ्लेले गर्नुभएको थियो ।