२ कात्तिक, तनहुँ ।
तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले टाेकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए ।
सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।