तनहुँ ।
गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले मंगलबार देखि औपचारिक रुपमा चुनावी अभियान कार्यक्रम थालनी गरेका छन् ।
चुनावी अभियान अन्र्तगत उम्मेदवार भण्डारीले मंगलबार दुलेगौंडामा विपीको सालिकमा माल्यपर्ण, हलेदी स्थित सहिद पार्कमा माल्यपर्ण, ढोरवाराही मन्दिरमा पूजा अर्चना, शुक्लागण्डकी ८ को सहिद कृष्ण पौडेलको सालिकमा माल्यपर्ण र चुनावी अभियानको शुभारम्भ गरेका छन् ।त्यस्तै उम्मेदवार भण्डारीले रिसिङ १ झाँपुटारमा भेटघाट तथा घरदैलो अभियान कार्यक्रम समेत गरेका छन् ।
औपचारिक रुपमा चुनावी अभियान अगाडि बढाएका भण्डारीले क्षेत्र नं २ बासीले परिवर्तन रोज्ने महत्वपूर्ण समय आएको बताए । विगतमा परिवर्तन रोज्न नसक्दा क्षेत्र नं २ धेरै पछाडि परेको हुँदा क्षेत्र नं २को विकासका लागि पनि परिवर्तन रोज्नु पर्ने भण्डारीको भनाई थियो ।
आजसम्म तनहुँ क्षेत्र नं २ का मतदातालाई झुक्याउने बाहेक अन्य केही काम नभएको के.स.भण्डारीको भनाई थियो । गठबन्धनको उम्मेदवारलाई जिताएको खण्डमा क्षेत्र नं २ को विकास निर्माणमा कायपलट हुने समेत भण्डारीको भनाई थियो ।
त्यस्तै के.स. भण्डारीले गठबन्धनले निर्वाचन जितेपछि लिफ्टिङ खानेपानी आयोजना निशुल्क वितरण गरिने, कोइदिममा पक्की पुल निर्माण गरिने, कोत्रे देखि दमौली सम्म सेती नदीमा ५ वटा पक्की पुल निर्माण गरिने बताएका थिए ।
कार्यक्रममा बोल्दै २(२) का उम्मेदवारी जीत प्रकाश आलेले संविधान रक्षका लागि वर्तमान गठबन्धन भएको र गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जाड दिएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै माओवादीका जिल्ला अध्यक्ष मदन आलेले शंकर भण्डारी उभिनु नै विकास भएको धारणा व्यक्त गरेका थिए ।