तनहुँ, ३१ असाेज ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जितउन अपरिहार्य रहेको बताएका छन् । विगतमा कांग्रेस पराजित हुँदा सिङगो क्षेत्र नं २ पछाडि परेको हुँदा यो पटक जसरी पनि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई जिताउनु पर्ने उनको भनाई छ ।
‘यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युतीकरण लगायतका क्षेत्रमा निकै पछाडि परेको छ । त्यसको लागि गठबन्धनदलको जीत आवस्यक छ,’ उनले भने ।
व्यास ५ मा रहेको मानहुँ पर्यटकीय सम्भावना बोकेको स्थान भएको हुँदा यसको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने समेत भण्डारीले बताए ।
नेपाली कांग्रेस ५ नम्बर वडा कार्य समितिका सभापति सुरबहादुर थापाको सभापतित्वमा चापाघाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, २ (१) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, कांग्रेस महासमिति सदस्य प्रा.डा. कृष्णप्रसाद गौतम, माओवादीका रामचन्द्र सापकोटा लगायतले बोलेका थिए ।