Latest
अर्को
Prev

मतदाताकाे घरमा घरदैलो गर्दै पाैडेल

सेयर गर्नुहोस


काठमाडौं, ३१ असाेज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि पौडेलले मतदाताकाे घरमा घरदैलो गरिरहेका छन् ।


पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि पौडेल मतदाता रिझाउन घरदैलोलाई तीव्रता दिएका छन् । उनको दैनिकी अहिले घरदैलो गर्दै मतदाता भेट्दै आफ्नो पक्षमा जनमत बटुल्न लागेका हुन् । घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्नेे रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन् ।


उनी देउवा गायक नन्दकृष्ण जोशीलाई साथमा लिएर उक्त क्षेत्रमा मतदाता भेटघाट गर्दै हिँडेका छन् । 
२४ असोजदेखि काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट मतदाता भेट्घाट सुरु गरेका उनले अहिले पनि निरन्तरता दिइरहेको बताए । काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist