Latest
अर्को
Prev

नवौं रास्ट्रीय खेलकुदको उद्घाटन आज

सेयर गर्नुहोस

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । दिउसो ४:३० बजे उपराष्ट्रपति नन्द बहादुर पुन ले उद्घाटन पोखरा रंगशालामा उद्घाटन गरेपछि नवौं रास्ट्रीय खेलकुदको औपचारिक शुभारम्भ हुँदैछ ।


नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।


पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिङ्गारिएको छ । ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ ।


उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।


प्रदेश नं १ को राई–लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।


नवौंमा पहिलोपल्ट ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ । १० तोला चाँदी र दुई तोला सुन जडित उक्त ट्रफी ६ प्रदेश र तीन विभागीय टिमको मुख्यालय पुर्‍याएर गण्डकीमा ल्याइएको छ । उक्त ट्रफीका


सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ । गण्डकी प्रदेशका विभिन्न १२ जातजातिका संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछ ।


तत्पश्चात् राखेपका सदस्यसचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले स्वागत भाषण गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको मन्तव्यपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झन्डोत्तोलन गर्नेछन् । खेलाडीका तर्फबाट गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुशील गुरुङ र रेफ्रीका तर्फबाट भलिबलका टहलसिंह थापालाई शपथग्रहण गराउने तयारी छ ।


राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका छन् । अधिकाँस खेलहरु आजदेखि सुरु हुँदैछन् ।


राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौँमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौँमै हुनेछ । बाँकी खेलहरु अधिकाँस पोखरा रङ्गशालामा हुनेछन । पोखरामा २७ खेलहरु हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरु गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी छ जिल्लामा हुँदैछ ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist