पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विजयदशमीको अवसर पारेर विहीबार पोखरामा शुभकामना आदानप्रदानका साथै डायरी विमोचन कार्यक्रम सम्पन्न गरेकाे छ ।
गन्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, तथा यातायात व्यवस्था मन्त्री कुमार खडकाको प्रमुख आतिथ्यता र गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट सरुवा भई आएका कर्मचारीहरु, लोकसेवा पास गरेर निजामति सेवामा प्रवेश गरेका नवप्रवेशीहरुका साथै सेवानेवृत्त भएकाहरुलाई विदाई गरिएको थियो ।
कार्यक्रममा विभिन्न स्थानबाट सरुवा भई कास्कीमा आएका उपसचिव चण्डिका पौडेल, शाखा अधिकृत प्रदिप चन्द्र सुवेदी, प्रमुख प्रशासकिय अधिकृत माछापुच्छ्रे कास्कीका बेदहरी अधिकारी, कारागार कास्कीका प्रमुख भीष्म कोइराला र अधिकृत छैठौ कमल कण्डेललाई स्वागत गरिएको थियो ।
यसैगरी लोकसेवा पास गरेर निजामति सेवामा प्रवेश गरेका नवप्रवेशीहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराबाट निजामति सेवामा प्रवेश गरेका सानीभेटी गाँउपालिका ३ रुकुमका प्रकाश पुन, कनका सुन्दरी गाँउपालिका ४ जुम्लाका देवीलाल बुढा, ताँजाकोट गाँउपालिका हुम्लाका राजन शाही, नरहरीनाथ गाँउपालिका कालीकोटका शेरबहादुर शहदारी र बसवडिया गाँउपालिका सर्लाहीका रामजीराय यादवलाई स्वागत गरिएको थियो भने सेवानिवृत्त भएका घनश्याम खनाल र जगरनाथ अधिकारीलाई विदाई गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सहसचिब नवीन सिग्देल, नेपाली काँग्रेस गन्डकी प्रदेश कर्मचारी प्रसाशन विभागका सचिव सुरेन्द्र अधिकारी, कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष दिपक रेग्मी, शुभेच्छुक संघसंस्था विभागका संयोजक गंगाधर पराजुली लगायतको उपस्थिति रहेको िथयााे ।
निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केदार सापकोटाले गरेका थिए भने कार्यक्रम संचालन सचिव सुमन शर्माले गरेका थिए।