Latest
अर्को
Prev

भारतबिरुद्द नेपालको ऐतिहासिक जित! फाईनलमा बंगलादेशसंग भिड्ने

सेयर गर्नुहोस

काठमाण्डौं, भदौ ३१। राजधानीमा जारी महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा घरेलु टोली नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।


घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल  गरिन्।महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।


पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् । मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास उपलब्ध गराएकी थिइन् । खेलको  सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो।


पछिल्ला ५ संस्करणको उपाधि विजेता भारत यो पटक भने सेमिफाइनलमा रोकिन पुग्यो ।


समूह चरणमा बंगलादेशसँग साफ इतिहासमै पहिलो हार व्यहोरेको भारत उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।नेपाल ५ मध्य चार पटक फाइनलमा पुग्दा सधैं भारतसँग स्तब्ध हुँदै उप विजेता बन्दै आएको छ । उपाधिको दावेदार मानिएको नेपालले सेमिफाइनलमा भारतलाई रोकेपछि उपाधि नजिक पुगेको छ ।


अब नेपालले बंगलादेशसँग उपाधिका लागि सोमबार खेल्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध ८-० गोलको फराकिलो जीत दर्ता गर्दै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो । 






आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist