भदौ ३०। काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङको घर पुरिँदा ६५ वर्षीया तामाङसहित उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो।
राति सुतिरेहका बेला पहिरो खसेपछि घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।