Latest
अर्को
Prev

पेट्रोलियम ढुवानी व्यवसायीले गरे आन्दोलनको घोषणा

सेयर गर्नुहोस

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धिको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले बताए ।


महासङ्घले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा बाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।


ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यान्वयन नभए पछि पाँचौँ पटक आन्दोलनको घोषणा गर्नुपरेको महासङ्घको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासङ्घले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।


इन्धन ढुवानीका लागि महासङ्घसँग करिब १९ सय ट्याङ्करहरू सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्याङ्कर बिजनेस नपाएर थन्किएका छन् ।


एक वर्षपछि पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुने भएपछि इन्धन ढुवानीमा ट्याङ्कर विस्थापित हुने अवस्था सिर्जना हुँदैछ । तर, ढुवानी विकल्प तयार भएपछि पनि निगमले ट्याङ्करसँगको करार भङ्ग नगरी भाडा वृद्धि गर्न पटक पटक समझदारी गरिरहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist