Latest
अर्को
Prev

कास्की क्षेत्र न ३ (१) प्रदेश सभामा बिष्णु बहादुर क्षेत्रीको दाबी

सेयर गर्नुहोस


नेपाली कांग्रेसले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाका लागि आफ्ना उमेदवारको नाम संकलन देश भरीका प्रतिनिधि सभा १६५ र प्रदेश सभा ३३० क्षेत्र मा गरि रहेको छ भने इच्छुक उमेदवारले नाम सिफारिसका लागि दावा गरि रहेका छन । कास्की जिल्लामा पनि आज बाट इच्छुकहरुको नाम संकलन सप्पन्न भएको छ ।


कास्की क्षेत्र न ३(१) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसका माहाधिबेशन प्रतिनिधि बिष्णु बहादुर क्षेत्री को दाबी रहेको छ । २०४७ साल मा १३ बर्षको उमेर मा पृथ्वीनारायण माबी को नेपाल विद्यार्थी सङ्ग को सस्थापक सभापति भएर राजनीति यात्रा प्रारम्भ गरेका क्षेत्री ले विद्यार्थी राजनीति मा २०४८ मा क्षेत्रीय सद्स्य , २०५१ क्षेत्रको उपसभापति ,२०५२ मा पृथ्वीनारायण क्याम्पसको सदस्य , २०५३मा पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्ष र क्षेत्रको उपासभापति २०५५ मा क्षेत्र न ३ को सभापति , २०५६ को निर्वाचन मा विद्यार्थी परिचालन समितीको सम्योजक२०५७ मा गण्डकी अञ्चल समिती को सद्स्य २०५९ मा पस्चिमाचल समिति को सचिब को जिम्मेवारी पूरा गर्नु भएको छ ।


कांग्रेस पार्टी मा २०५१ मा गाउँ इकाई कार्य समिती को सचीव , नेपाली कांग्रेस क्षेत्र न ३ कास्की सहसचिव २०६१ , २०६४ संविधान सभा पहिलो निर्बाचन मा युबापरिचाल समितिको संयोजक , नेपाल लोकतान्त्रिक खेलकुद सङ्ग को सस्थापक सदस्य २०७० , नेपाली कांग्रेसको १३ माहाधिबेशन बाट जिल्ला सदस्य २०७३, चुनाव प्रचार प्रसार समितीको संयोजक २०७४ क्षेत्र न ३ (१) , १४औं माहाधिबेशन मा माहाधिबेश प्रतिनिधिको भुमिका पुर्ण रुपमा निर्बाह गर्नु भएको छ भने स्थानीय बिकास समितीहरु बिधालय युबा क्लब , लायन्स क्लब मा रहेर देश र समाजको सेवा निरन्तर गरि रहनु भएको छ ।


पत्रकारिता मा एम ए पास गर्नु भएका क्षेत्रीले राजनीति र समाजसेवामा पनि लामो समय देखि कार्य गर्दै आउनु भएको छ । आफ्नो जीवन देश र जनता को सेवामा समर्पित गर्ने उद्घोषका साथ प्रभु टेलेभिजनको CEO बाट राजिनामा दिएर अहिले क्षेत्रमा शैक्षिक सुधारको मुद्दा लाई अगाडी सारेर काम गरि रहनु भएको छ । बिष्णु बहादुर क्षेत्री बर्तमान आबस्यकता परिपुर्तिका लागि दुरदर्शिता , कार्यमा पारदर्शिता , उत्पादन मा कृषि, पर्यटन र प्रकृतिको सहभागिता हुनु पर्ने कुरा बताउनु हुन्छ ।


कास्की क्षेत्र न ३ मा उहाँ कांग्रेसको उमेदवार हुँदा जित निकाल्न सहज हुने कांग्रेसीहरु को अनुमान छ । सो क्षेत्र को लागि माहासमिती सदस्य खुशिमान गुरुङ , नगरसभापति सुरेन्द्रमान बिजुक्छे , मिना सुवेदी बिष्णुप्रसाद अधिकारी, उमेश पराजुली, दिपक पौडेल , बिरेन्द्र गुरुङ्ग केशव अधिकारी राजु, श‌‍‌ङ्कर ढुगाना लगायतले आफ्नो नाम सिफारिसका लागि निवेदन दिएको छन । ‌‍‌


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist