काठमाडौँ । काठमाण्डौ महानगरले पार्किङ् को लागि नक्सा स्वीकृत गराएर अन्य प्रयोजनमा ल्याउने बेसमेन्टको, सेमी बेसमेन्ट र जमिन तलाका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।
एक दिन अघि मात्रै कर्मचारी तथा शिक्षकहरुलाई दलको सदस्यता त्याग्न निर्देशन दिएका मेयर बालेनले आफै फिल्डमा उत्रेर हरेक घरका नक्सा आफै हेर्दै घरधनि संग आफै कुराकानी गर्दै अनाधिकृत संरचना हटाउन निर्देशन दिईरहेका छन ।
अनधिकृत संरचना हटाएर पार्किङ् स्थान खुल्ला गर्ने क्रममा आज सुन्धाराको काठमाडौँ मल, नयाँ सडक पुखद्यां मार्गको आरबी कम्प्लेक्स, नविल बैङ्क रहेको भवनमा बेसमेन्ट जाने बन्द गरिएको ठाउँ भत्काएर प्रवेश मार्ग खुल्ला गरिएको छ ।त्यस्तै,दरमारमार्गमा रहेको लण्डन पबको बन्द मार्ग खुल्ला गरिएको छ ।
काठमाडौँ महानगरले ‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेर बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि महानगरले भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेको थियो ।
भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङ्को व्यवस्था हुनुपर्छ । स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा गर्ने गरिएको छ ।
कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई महानगरले हटायो:
काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ ।
कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ । मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो ।
नबिल बैंकको न्यूरोड शाखा हटाउन बालेनको निर्देशन:
काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् ।
अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए ।