भदौ ८ । नेपाल विद्यार्थी सङ्घका पुर्व महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गर्नु गरेका छन् । ।
जुझारु युवा नेता भट्टराई नेविसङघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । राजनितीक पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबै भन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उहाँको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् ।
युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारीमा दावी रहेकाे वताउछन्। देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताउनुभयो ।
युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउनुहुन्छ ।अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारीमा दाबी हो’यसकाे नेतृत्व युवाले लिनुपर्ने नेता भट्टराईले बताउनछन ।
२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिनु भएको हो युवा नेता भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उहाँ बताउनुहुन्छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै हुनुहुन्छ । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।