Latest
अर्को
Prev

अभिभावकहरुको लगानीलाई सार्थक बनाउन विद्यार्थीहरु लगनशील हुनुपर्ने : आचार्य

सेयर गर्नुहोस


भाद्र ४ । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । साे कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले अभिभावकहरुको लगानीलाई सार्थक बनाउन र असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने वताउनुभयाे ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा भएको. कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले समाजको आवश्यकतालाई बुझेर लिटल फ्लावरले कक्षा ११ को पढाइ सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयाे ।



नेशनल प्याब्सन कास्की का अध्यक्ष हेमन्त अधिकारीले नेशनल प्याब्सनका हरेक गतिबिधिमा रहेको लिटल फ्लावरको सक्रियताको प्रशंसा गर्दै नवआगन्तुक विद्यार्थीहरुले भविष्यमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए ।



प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले अब रिठेपानीका विद्यार्थीले घर छेउमै ११ र १२ को शिक्षा लिने अवसरलाई गुमाउन नहुने धारणा व्यक्त गरे ।
युनिप्स नेपालका शान्त बहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव रामप्रसाद पोख्रेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, विद्यालयका संस्थापक निर्देशक कमल खड्का, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ, पुर्वअध्यक्ष यम प्रसाद गुरुङ, रिठेपानी सहकारीका अध्यक्ष ईन्द्र बहादुर गुरुङ, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नवआगन्तुक विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।


विद्यालयका प्रिन्सिपल विकल पौडेलले हालका गतिविधि र विद्यालयकाे भावी योजनासमेत प्रस्तुत गरेका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist